११ महिनापछि आकस्मिक शल्यक्रिया सेवा शुरु

Aspatal photos gorkha

काठमाडौँ । गोरखाको ग्रामीण क्षेत्रमा रहेको यहाँको सबैभन्दा पुरानो आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा शुरुआत भएको छ । विशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सबै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले जानकारी दिए ।

“गएको करिब ११ महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समेत अस्पतालबाट बाहिर रिफर गर्नुपर्ने बाध्यता रहँदै आएको थियो”, उनले भने, “अब बिरामीले यहीँ नै सेवा पाउनु हुने भएको छ ।” उनले आकस्मिकरुपमा आइपर्ने एपेन्डिसाइटिसका शल्यक्रिया, सिएस लगायतका अन्य शल्यक्रिया सेवा अस्पतालबाट नियमितरुपमा उपलब्ध हुने बताए । अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै यस्ता खालका सेवा दिन शुरु गरिएको प्रशासकीय अधिकृत गिरीको भनाइ छ ।

गत असोजमा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक शितिजचन्द्र पौडेलले छोड्नुभएपछि नै अस्पतालमा सबै खालका आकस्मिक शल्यक्रिया सेवा रोकिएको थियो । “ चिकित्सक पौडेल नहुँदा कहिलेकाहीँ बाहिरबाट विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियाका सेवा नदिएको त होइन तर अब भने नियमित हुने भयो ।”

उनले भने । सेवा शुरु भएपछि कोभिड–१९ को सङ्क्रमणबाट सामान्य शल्यक्रियाका लागि पुगेका बिरामीले रिफर गर्नुपर्ने बाध्यता हटेको उनले बताए । “पुरानो अस्पताल भए पनि यसको बृद्धि विकास स्थानीय निकायले त्यति ध्यान पुर्याउन नसक्दा अस्पतालले भने जस्तो सेवा दिन समस्या हुँदै आएको छ”, प्रशासकीय अधिकृत गिरीले भने, “अझै पनि धेरै समस्या छ ।”

अस्पतालले आफैँले एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको भए पनि बर्खामा परेको निरन्तरको वर्षाले अस्पतालसम्म पुग्ने कच्ची सडक भत्काउँदा अहिले एम्बुलेन्स पुग्ने अवस्था नरहेको उनले जानकारी दिए । “हरेक वर्ष हामीले यस्तै समस्या भोग्दै आउनुपरेको छ”, उनले भने, “अस्पताल पुग्ने ठाउँ नजिकै पहिराले अवरुद्ध भएको डेढ महिनाभन्दा बढी हुँदा पनि मर्मतका लागि कसैले ध्यान दिएको छैन ।”

सडक मर्मत नहुँदा स्टेचर बोकेर बाटोसम्म बिरामीले लिन जानुपर्ने र ल्याएर उपचार गर्नुपर्ने बाध्यता अस्पताललाई रहेको उनले बताए ।“दिनको समयमा जसोतसो ल्याइन्छ, रातको समयमा झैन अप्ठ्यारो पर्छ”, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने, “पहिरोले स्टेचरमा बिरामी राखेर चार जनाले बोक्ने सक्ने बाटो पनि छैन ।” उनले पहिरोले अवरुद्ध सडक तत्काल मर्मतका गर्न वडाध्यक्ष र स्थानीय सरकारलाई आग्रह गर्दै आएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...