वीरगन्जमा सात प्रहरीसहित २९ जनामा कोरोना पुष्टि

Corona test

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमध्ये पर्साका १३, बाराका ९ र रौतहटका ७ जना रहेको अस्पतालका प्रवक्ता डा. अतुलेस चौरसियाले जानकारी दिए ।

संक्रमण पुष्टि भएका रौतहट गरुडाका ७ जना भने नेपाल प्रहरीमा कार्यरत हुन् । साथै वीरगन्ज आर्मी ब्यारेकका एक जना जवानमा पनि संक्रमण पुष्टि भएको छ । कुल ५ सय ८० जनाको परीक्षण गर्दा २९ जनामा संक्रमण पोजेटिभ देखिएको हो । संक्रमितहरूमा पुरुष २१ जना र महिला ८ जना छन् । उनीहरू १९ देखि ६० वर्ष उमेर समूहका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...