कोरोनाबाट पर्सामा थप एकको मृत्यु

Corona death 1

भदौं । कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गए राति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए । ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...