विराटनगरमा कोरोना संक्रमण एक वृद्धको मृत्यु

Corona death 10

मोरङ । मोरङको विराटनगरस्थित कोशी अस्पताल उपचारारत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय वृद्धको गएराति सवा ३ बजे मृत्यु भएको हो ।

१० दिन होम आइसोलेसनमा बसेका ती वृद्धमा भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमै रहेका बेला श्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही भदौ २० गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...