नारायणी अस्पतालमा कोरानोको लक्षण देखिएका व्यक्तिको मृत्यु

Corona death 1

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका–४ सपहीका २३ वर्षीय युवकको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

श्वासप्रश्वासलगायत कोभिडको लक्षण देखिएका उनी आइतबार दिउँसो अस्पतालमा भर्ना भएका भएका थिए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको तर रिपोर्ट आउन बाँकी रहेको डाक्टर चौैरसियाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...