पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ३५४ जनामा कोरोना संक्रमण

Kathmandu vally

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लोपटक कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनासहित काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ९ जनाको मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंका ३ जनासहित ९ जनाको मृत्यु भएको जनाएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८९ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...