भक्तपुरका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

Prem suwal

काठमाडौं । भक्तपुरका प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’मा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘नेजल स्वाब’ दिएका सांसद सुवालको शनिबार रिपोर्ट पोजिटिभ आएको हो । भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य केन्द्र च्यामासिंहमा सांसद सुवाल लगायतको पीसीआर परीक्षण गराइएको हो ।

नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सुवाल स्वाब संकलन लगत्तै होम आइसोलेसनमा बसेको थिए । उनलाई हालसम्म आफूलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

‘सोमबारदेखि घरको छुट्टै कोठामा बस्दै आएको छु,’ उनले भने, ‘दुई सातादेखि कुनै कार्यक्रममा सहभागी भएको छैन, नजिकको मित्रमा कोरोना संक्रमण पुष्टि भएपछि पीसीआर परीक्षण गराएको हुँ ।’

मन्त्रालयका अनुसार शनिबार भक्तपुरमा ४५ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी काठमाडौंमा ३ सय २६ जना र ललितपुरमा ३७ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...