संक्रमित ठिक भएपछि रंगेलीको आइसोलेसन खाली

2020 09 05 isolation bed final

विराटनगर । सबै संक्रमित ठिक भएपछि मोरङको रंगेलीमा अवस्थित आइसोलेसन खाली भएको छ ।

रंगेली नगरपालिकाले जनता क्याम्पसमा संक्रमित उपचार गर्न आइसोलेसन संचालन गर्दै आएको छ । १५ दिन अगाडि भर्ना गरिएका सबै कोरोना पोजेटिभ सक्रमितहरुको शनिबार नेगेटिभ रिर्पोट आएको नगरपालिकाले जनाएको छ ।

आइसोलेसनमा रहेका बाँकी तीन जनाको रिर्पोटसमेत नेगेटिभ आएपछि आइसोलेसन खाली भएको नगरपालिकाका स्वास्थ्य प्रमुख भूपेन्द्र प्रसाद मण्डलले बताए ।

नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेर प्रदेशले स्थापना गरेको अस्पताल र आइसोलेसन सेन्टरमा ठाउँ नपाएपछि रंगेलीले आफ्नै आइसोलेसन बनाएको थियो । रंगेलीमा हालसम्म १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको मण्डलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...