बुटवलको कोरोना विशेष अस्पतालमा थप १ को मृत्यु

Butwal hospital

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा २ जनाको मृत्यु भएको छ ।

भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।

अस्पतालमा जटिल समस्या भएका थप ३ जना भेन्टिलेटर र १६ जना आईसीयूमा रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतम जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...