धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

Corona death 1

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड– १९ अस्पतालमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा.निदेश सापकोटाले दिएको जानकारीअनुसार सप्तरीको राजविराज ७ का ५५ वर्षीय पुरूष छन् र राजगढ गाउँपालिका ६ का ५० वर्षीय पुरूष छन् ।

५५ वर्षीय पुरूषलाई छिन्नामस्त अस्पताल, सप्तरीले रिफर गरेको थियो। उनी विगत १५ वर्षदेखि मधुमेह र उच्चा रक्तचापको बिरामी थिए । उनको आज दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको बताइएको छ । यसैगरी अर्का ५० वर्षीय पुरूषको उपचारको क्रममा आज दिउँसो १ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...