चितवनमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

Woman death

चितवन । चितवनमा कोरोना संक्रमणबाट बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका–९ कि ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

तीन महिनादेखि मिर्गौलाको समस्याबाट पीडित ती महिला अस्पतालमा नियमित डायलासिस गराउँदै आएकी थिइन् । खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १४ गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएकी उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा थप जटिलता थपिँदै गएपछि उनलाई आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पछिल्लो २४ घण्टामा चितवनमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ कि ४० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार राति साढे १२ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यस्तै भदौ ९ गते अस्पताल भर्ना भएका र भदौ १० गते कोरोना संक्रमण पुष्‍टि भएका गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । उनी मिर्गौलाको बिरामी थिए । चितवनमा कोरोना संक्रमणबाट हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...