नेपालमा कोरोना संक्रमणको संख्या बढ्यो, २४ घण्टामा थपिए १२ सय २८ संक्रमित

Corona up

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना  संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ९१७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म ८ लाख ३१ हजार ८ सय ५२ पीसीआर परिक्षण भएको छ। देशभर सक्रिय संक्रिमित १८ हजार ४ सय १३ रहेको छ ।

६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै काठमाडौँ उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...