कोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पतालमा थप दुई जनाको मृत्य

Coronavirus death body

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुबैजनाको आइसियुमा उपचार भइरहेको थियो ।

शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको हिजो बेलुकी मृत्यु भएको हो । ज्यान गुमाउने पुरुष भदौ १५ गते र महिला १६ गते भर्ना भएका अस्पतालले जनाएको छ ।

सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए । २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...