कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Corona death 1

वीरगञ्ज । कोरोना संक्रमणका कारण बाराका ९७ वर्षका वृद्धको बुधबार मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका ९ बसबरियाटोल बस्ने ९७ वर्षका कमल राय यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

ती वृद्धको उपचारको क्रममा नारायणी अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा बुधबार बिहान १ बजे मृत्यु भएको मिश्रले बताए । गत भदौ १२ गते ती वृद्धको स्वाब संकलन गरी परीक्षण गरिएकोमा १४ गते उनमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...