भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु

Corona death 1

बुटवल । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी नवलपरासीको रामग्राम नगरपालिका–५ की ती महिलाको मङ्गलबार राती ९ः४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।

डा. पोखरेलका अनुसार मृतक महिलाको आइसियुमा उपचार भइरहेको थियो । उनमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...