नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार क्रस, २४ घण्टामा थपिए १ हजार ६९ संक्रमित

Corona patient rqdqlbqkzg

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ । देशभर संक्रिय संक्रमित १८ हजार १ सय १२ रहेको छ । देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा ४ सय ८१ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ३९३ जना, भक्तपुरमा ३०  जना र ललितपुर ५८ जना संक्रमित थपिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...