कोरोना सङ्क्रमणबाट बारामा थप एकको मृत्यु

1596942790 v5z7i


काठमाडौँ । कोरोना सङ्क्रमणबाट बारामा आज बिहान थप एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...