पर्सा र बारामा थप २० जनामा कोरोना पुष्टि

Corona test19

वीरगन्ज । पर्सा र बारामा थप २० जनामा कोरोना भाइरस संक्रमण पष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परिक्षणमा परिक्षणमा १८ र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा २ जना गरेर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रममितमध्ये पर्साका १७ जना र बाराका १ जना रहेका छन् । जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएको २ संक्रमितको ठेगाना खुल्न नसकेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा २३ वर्षदेखि ६८ वर्ष उमेर समुहका ३ जना महिला र १७ जना पुरूष रहेका हुन् । पर्साका १७ जना संक्रमणमध्ये कालिकामाई गाउँपालिका वडा नम्बर ५ का ५ जना रहेका छन् भने बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ का एक जना थपिएका हुन ।

यस्तै वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ र १२ का २–२ जना र वडा नम्बर ११, १४, १६ र २५ का एक–एक जनागरी ८ जना सङ्क्रमित थपिएको हो । अन्य थप ३ जना पर्साकै रहेका छन । त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का एक २५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...