प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

Jiwan dhimire

विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको कोरोना परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । मन्त्री घिमिरे शनिबार साझदेखि मन्त्री निवासमै रहेका छन् । मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि झाडापखाला भएको थियो । मन्त्री घिमिरेलाई सोमबारदेखि ज्वरो आएपछि उनको कोरोना परीक्षण गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...