वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल दम्पतिलाई नै कोरोना संक्रमण पुष्टि

Dr.vola rijal

काठमाडौं । पछिल्लो दिन नेपालमा ठूला व्यक्तिहरुलाई कोराना संक्रमण हुन थालेको छ । सोमबार मात्रै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पुष्टि भएको छ भने केही दिनअघि मात्रै अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण भएको थियो ।

यही क्रममा शनिबार वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले रिजाल दम्पती उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना भएका छन् । उनीहरुमा शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि उनीहरु अस्पताल भर्ना भएका हुन् ।

सुरुका दिनमा डा. रिजाललाई हल्का ज्वरो आए पनि अस्पताल भर्ना भएदेखि उनीहरुमा अहिले त्यस्तो कुनै लक्षण नदेखिएको बताइएको छ ।

वीर अस्पतालको इमरेन्जी वार्डमा कार्यरत दुईजना चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको छ । इमरजेन्सीमा काम गर्ने दुई जना मेडिकल अफिसरमा कोरोना पोजेटिभ भएको रिपोर्ट सोमबार बिहान आएको छ ।

संक्रमण पुष्टि भएपछि दुई चिकित्सक होम आइसोलेसनमा बसेको इमरजेन्सीका कार्यरत एक चिकित्सकले जानकारी दिए । यसअघि पनि इमरजेन्सीकै एक कन्सल्टेन्ट चिकित्सकमा कोरोना संक्रमण भएको थियो । उनी अहिले उपचाररत छन् । वीरकै जेनरल फिजिसियन अर्का संक्रमित डाक्टर त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...