भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

Covid 19

चितवन । भरतपुर अस्पतालमा आज थप एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ६ का ७८ वर्षीय एक पुरुषको आज बिहान ७ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक प्रमोद पौडेलका अनुसार उनी भदौ ६ गते उपचारका लागि भरतपुर अस्पताल आएका थिए ।

तर उनको भदौ २ गते नै कोरोना पुष्टि भएको थियो । ती पुरुष उच्च रक्तचापलगायत अन्य रोगबाट समेत ग्रसित भएको पौडेलले जानकारी दिए । उनको कोभिड सघन कक्ष (आईसीयू) मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने चितवनका मात्रै ६ जना पुगेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...