कोरोना जिते पनि मृत्युसँग हारे चिरञ्जीवीलालले

Corona winner

वीरगंज । वीरगंज महानगरका मेयर विजयकुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको ७७ वर्षको उमेरमा मृत्यु भएको छ । राति १२ः०५ बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गत साउन २२ गते उनमा कोरोना संक्रमण देखिएपछि वीरगंजबाट काठमाडौं लगिएको थियो। उनलाई साउन २४ गते काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। उनमा भदौ २ गते कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उनको अतिसघन कक्षमा राखेर उपचार भइरहेको थियो। तर, अचानक स्वास्थमा समस्या आएपछि मृत्यु भएको मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले जानकारी दिए ।

सोमवार विहान १० बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम तय गरिएको छ । वीरगंजमा २००० सालमा जन्मेका सरावगी समाजसेवीका रुपमा स्थापित थिए। उनी वीरगंज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगायत धेरै सामाजिक संघ संस्थामा आवद्ध रही काम गरिसकेका थिए । उनका मेयर सरावगीसहित दुई छोरा एक छोरी गरी तीन सन्तान छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...