कोरोना संक्रमणबाट रौतहटका एक पुरुषको वीरगञ्जमा मृत्यु

Corona death 1

काठमाडौँ । रौतहटका एक कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । रौतहटको गम्हरिया ३ घर भएका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा साँझ साढे ७ बजे उनको मृत्यु भएको हो ।

भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताए । शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको गियो ।

उनको उपचारका क्रममा मृत्यु भएको चिकित्सकले बताएका छन् । उनको एआरडीएस टाइप टु रेसपाइराटोरी फेलियर भएको अस्पतालले जनाएको छ ।

मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको वेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...