पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १८६ जनामा कोरोना संक्रमण पुष्टि

Kathmandu vally

काठमाडौं । शुक्रबारको तुलनामा शनिबार काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या कम देखिएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाभित्र १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ५५ जना, भक्तपुरमा १२ जना र ललितपुरमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए ।

दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...