प्रहरी, टेलिकमका कर्मचारीसहित धनकुटामा एकैदिन १९ जनामा संक्रमण पुष्टि

Corona news 10

धनकुटा । धनकुटामा पछिल्लो २४ घण्टामा बैंकका कर्मचारीसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै धनकुटामा संक्रमितको संख्या ३९ पुगेको छ ।

शनिबार कोरोना संक्रमण पुष्टि भएकाहरुमा प्रहरीका १३ जना, नेपाल टेलिकममा ४ जना, एनआइसी एसिया बैंकका १ जना र १ जना व्यापारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै प्रहरी जवान पुरुष छन् । उनीहरु हालै सरुवा भएर धनकुटा आएका हुन् ।

धनकुटामा पहिलोपटक यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको हो । यसअघि धनकुटामा प्रदेश सांसदसहितलाई कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये १७ जना निको भईसकेका छन् ।

दुई जनाको मोरङको गोठगाउँस्थित कोभिड अस्पताल र एक जनाको बिराटनगरस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...