हत्या आरोपी शेर्पालाई समाउँदा महाराजगञ्ज प्रहरीलाई आपत, २२ जनामा कोरोना संक्रमण पुष्टि

Corona news 10

काठमाडौं । हत्या आरोपीबाटै महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरीमा कोरोना संक्रमण फैलिएको पाइएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २२ प्रहरीमा कोरोना संक्रमण भएको छ ।

‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो । त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।

हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र प्रहरी निरीक्षकसहित ९ जनामा देखिएको कोरोना फैलिएर २२ जनामा संक्रमण भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...