पोखरामा कोरोनाबाट थप एकजनाको मृत्यु

Covid 19

कास्की । पोखरामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रमा ३२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

अरु कुनै पनि रोग नदेखिएकी महिलाको कोरोनाका कारण मृत्यु भएको गण्डकीमा यो पहिलो पटक हो । “उहाँलाई अन्य कुनै रोग थिएन, कोरोना लागेर नै निधन भएको यो पहिलो केस हो,” पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड– १९ उपचार केन्द्रका निर्देशक डा. अर्जुन आचार्यले भने । गण्डकीमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...