आइसियूमा उपचाररत ललितपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Covid 19

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ । बुधबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

पछिल्लो समय संक्रमण दर बढेसँगै मृत्युदर पनि बढेको छ । कडा लक्षणसहितको संक्रमित देखिनु र दीर्घरोगीहरूमा समेत बढी संक्रमण देखिएकाले मृत्युदर बढेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...