भरतपुर अस्पतालको परिक्षणमा थप २६ जनामा कोरोना पुष्टि

Bharatpur hospital2020 08 27 06 04 00 800x450 50

चितवन । भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालले भदौ १० गते १५९ नमुना परिक्षण गरेकोमा २६ जनाको पोजेटिभ आएको जानकारी दिएको छ । अस्पतालले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा २५ जना चितवनका रहेका छन् भने तनहुँका एक जना रहेका छन् ।

चितवनका नयाँ संक्रमितहरुमा भरतपुर महानगरको वडा नम्बर ७ र २२ का एक एक जना रहेका छन् भने रत्ननगरको वडा नम्बर ४, ९ र १२ का १४ जना, माडीको वडा नम्बर ६ र ७ का ९ जना रहेका छन् । भरतपुर अस्पतालएल यो विवरण भदौ १० गते राति १० बजेसम्मको परिक्षणको भएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...