कोरोना संक्रमणले भयावह बन्यो काठमाडौं, आज एकै दिन थपियो ३०१ जना

Kathmandu vally

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यका कोरोना संक्रमणको हटसपट बनेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३०१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्या ३४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८ सय ८५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा थपिएका ८ सय ८५ जनासहित देशभर संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...