चितवनको आइसोलेसनबाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा भेटिए

Corona test19

काठमाडौं । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत अवस्थामै भागेका युवा बुधबार फेला परेका छन् । उनलाई नुवाकोटमा फेला पारेको प्रहरीले जनाएको छ । भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको ती युवक बुधबार बिहान १०ः३० बजे नुवाकोट जिल्लाको बेलकोटगढी वडा नम्बर ५ मा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको चेकिङको क्रममा उनी फेला परेको चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ । प्रहरीकाअनुसार उनी साइकल चढेर चितवनबाट नुवाकोट पुगेका थिए । भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए । हिरासतमै उनमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...