नेपालमा संक्रमितको संख्या ३३ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना पुष्टि

४५५५६५६७४५

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा ८ सय ५५ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ८ सय ५५ जना संक्रमित थपिँदा देशभर संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए ।

मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन् । संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ । होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ । क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन् ।

२४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...