विराटनगरमा कोरानाबाट थप एक जनाको मृत्यु

Corona death

बिराटनगर । विराटनगरमा एक सङ्क्रमितको आज मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले बताए ।

विराटनगर–९ निवासी ती व्यक्ति एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडित थिए । शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताए । विराटनगरमा सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस