पछिल्लो २४ घन्टामा १३९ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १८७५२ पुग्यो

Corona test

काठमाडौं । सोमबार फेरि कोरोना संक्रमितको संख्या बढेको छ । आइतबार १ सय ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घन्टामा १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय ३९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको जानकारी दिए ।

देशका विभिन्न ठाउँमा स्रोत पत्ता नलागेका कोरोना संक्रमित फेला पर्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि विदेशबाट आउनेलाई मात्रै कोरोना संक्रमण देखिएकोमा पछिल्लो समय समुदायमा देखिन थालेको छ ।

संक्रमितमध्ये १३ हजार ७ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ४८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...