कोरोना संक्रमणबाट धनुषामा थप एकको मृत्यु ,मृतकको संख्या ४६ पुग्यो

Corona death 10

जनकपुर। कोरोनाको संक्रमणबाट धनुषामा हिजो ३८ वर्षीय एक युवकको मृत्यु भएको छ। शहीदनगर–८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए।

उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाका अनुसार ती युवकको हिजो बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको थियो। शवलाई जनकपुरमा व्यवस्थापन गरिने बताइएको छ।

धनुषामा कोरोना संक्रमणबाट मृत्युको यो पहिलो घटना हो । यस प्रदेशमा अहिलेसम्म कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...