घट्न थाल्यो नेपालमा संक्रमित, शनिबार ५७ जनामा भेटियो कोरोना संक्रमण

Corona test19

काठमाडौं । पछिल्ला केही दिनमा संक्रमतिका संख्या घट्न थालेको छ । शुक्रबारको तुलनामा शनिबार संक्रमतिको संख्या पनि ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा ५७ जनामा मात्रै संक्रमण देखिएको छ ।

शुक्रबार नेपालमा १ सय १ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ५ सय २ जना पुगेको छ । ४० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कोरोना भाइरस (कोभिड –१९) को नियमित अपडेट गराउँदै आएको छ । लकडाउन सुरु भएको २०७६ चैत ११ गतेदेखि सुरु भएको पत्रकार सम्मेलनलाई मन्त्रालयले निरन्तरता दिएको हो ।

विगत २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कुल संक्रमण मुक्त हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेका छन् ।

यस्तै नेपालभरमा २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय २५ जना आइसोलेसनमा रहेका छन् ।

नेपालका ६६ दशमलव १२ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले हालसम्म ११ हजार ६ सय ३६ जना संक्रमित निको भएको जानकारी दिए । पछिल्लो २४ घन्टामा १ सय ३ जना निको भएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...