विश्वमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

Corona test19

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ३१ हजार ७८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको अहिलेसम्मै उच्च संख्या हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार गत २४ घण्टामा विश्वभर कोभिड–१९ बाट पाँच हजार ६६८ जनाको मृत्यु भएको छ । थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ७० हजार ७७६ जना जना रहेका छन् । सोही समयमा अमेरिका ९५७ जनाको मृत्यु भएको छ ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा २९ जार ७०५ जना संक्रमित थपिएका छन् भने एक हजार २६१ जनाको मृत्यु भएको छ। भारतमा ३२ हजार ६८२ संक्रमित थपिँदा सोही अवधिमा ६१४ जनाको मृत्यु भएको छ । रुसमा ६ हजार ४२२, पेरुमा तीन हजार ८५७, चिलिमा एक हजार ७१२, मेक्सिकोमा सात हजार ५१, स्पेनमा ८७५ र पाकिस्तानमा दुई हजार १६५ जना संक्रमित थपिएका छन् । दक्षिण अफ्रिकामा १२ हजार ७५७, बेलायतमा ५३८, इरानमा दुई हजार ३८८, इटलीमा १६२, साउदी अरेबियामा दुई हजार ६७१ र जर्मनीमा ४८६ जना संक्रमित थपिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...