कोरानाबाट थप १ को मृत्यु, मृतकको संख्या ३९ पुग्यो

Corona death 10

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

रौतहटको पर्रोहा नगरपालिका –७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

ती पुरुष दाजुको अन्तिम संस्कारका लागि भारत गएका र २४ गते नेपाल फर्किएका दिए । ती पुरुषका दाजुको पनि कोरोनाबाटै मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

२९ गते रुघाखोकी सहितको स्वास्थ्य समस्या देखिएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको र बुधबार दिउँसो २:३० बजे मृत्यु भएको गौतमले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...