२४ घण्टामा थपिए ११६ संक्रमित, नेपालमा कुल सख्या १७ हजार नाघ्यो

Corona psycho

काठमाडौँ । नेपालका कोरोना संक्रमित सख्या १७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ११६  जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना पुष्टि भएको बताए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

आजसम्म डिस्चार्ज १० हजार ३२८ कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए। आज ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएको थियो।

नेपालमा हाल २४ हजार ७१६ जना क्वारेन्टाइनमा  रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...