थप ८२ जनामा कोरोना पुष्टि, संक्रमित सख्या १६ हजार ८ सय १ पुग्यो

Corona 8

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल सख्या १६ हजार ८ सय १ पुगेको छ।

तीमध्ये ८, हजार ४ सय ४२ जना निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार अहिले देशभरि आइसोलेशनमा ८ हजार १७४ जना  रहेका छन् ।

आइतबार पुष्टि भएका सङ्क्रमितहरू प्रदेश नं १ मा ४, प्रदेश नं २ मा २०, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ २, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा ६ जनामा सङ्क्रमण देखिएको हो।

मन्त्रालयका अनुसार उनीहरूमध्ये धनुषाका १९, सुर्खेतका ७, कालीकोटका ७, तनहुँका ६ र चितवनका ५ जना छन्।

त्यस्तै काठमाडौँका  ५ र ललितपुरमा १ जनामा पनि सङ्क्रमण देखिएको छ। यो सँगै काठमाडौँ उपत्यकामा सङ्कक्रमितको सङ्ख्या ३ सय ४७ पुगेको  स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।


 
 
 

 

 

 

 
 

प्रतिकृया दिनुहोस