यी हुन् सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन लगाउने ४३ वर्षीया महिला

Corona vaccine 28

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलो पटक लगाउने यी महिलाले अनुभव सेयर गरेकी छन् । भ्याक्सिन परीक्षणका क्रममा मार्चमा ४३ वर्षीया जेनिफर हलरलाई सबैभन्दा पहिले भ्याक्सिनको डोज दिइएको थियो ।

१६ हप्तापछि जेनिफरले शरीरमा कुनै पनि नकरात्मक असर नदेखिएको बताएकी छन् । अमेरिकाको सियटलका स्थायी बासिन्दा जेनिफरले आफूले राम्रो महसुस गरेको बताएकी छन् ।

जेनिफरलाई सबैभन्दा पहिले कोरोनाको एमआरएनए-१२७३ नामको भ्याक्सिनको डोज दिइएको थियो । अमेरिकाको केपी वासिङ्टन रिसर्च इन्टिच्युटमा यो भ्याक्सिनको अध्ययन भएको थियो । परीक्षण अहिले पनि जारी छ ।

अमेरिकाको कोमो न्युजका अनुसार एक कम्पनीमा अपरेसन म्यानेजर पदमा काम गर्ने जेनिफरको शरीरमा नकरात्मक असर देखिएको छैन । एमआरएनए-१२७३ भ्याक्सिन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना कम्पनीले तयार गरेका हुन् ।

कम्पनीले यो भ्याक्सिन लगाएका व्यक्तिमा कोरोना संक्रमण हुन नसक्ने जनाएको छ । १८ मेमा मोडर्नाले पहिलो चरणको क्लिनिकल परीक्षणको रिपोर्ट सकरात्मक आएको बताएको थियो ।

मोडर्नाले भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल परीक्षण जुलाइको अन्तिममा गर्ने तयारी गरेको छ । तेस्रो चरणमा ३० हजार व्यक्तिमा भ्याक्सिनको डोज दिइनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...