कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतक संख्या ३८ पुग्यो

Corona death 10

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगे कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एक जना रहेको जनाएको छ

सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षका पुरुष र काठमाडौँको गोकर्णका ५४ वर्षका पुरुष र काठमाडौँ शंखमुलका ६० वर्षका पुरुषको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

२६ गते मृत्यु हुने पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो ।

सिन्धुपाल्चोक पाँचपोखरी ६ का अर्का ४५ वर्षीय १ संक्रमित पुरुषको असार २५ गते मृत्यु भएको थियो । क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्नाका २२ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...