थप ७० जनामा कोरोना पुष्टि, कुल संक्रमित सख्या १६ हजार ७ सय १९ पुग्यो

1586848470coronavirus news scientists is

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना  पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ४८ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।  अहिले क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।

आइसोलेसन ८ हजार दुई सय ३९ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा चार सय ३१ जनाले कोरोना जितेका छन् । कोरोना जित्नेको कुल संख्या ८ हजार ४ सय ४२ रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ५० प्रतिशत बढी पुगेको छ ।

कोरोना संक्रमितको सख्या घटेसँगै  धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ ।

प्रतिकृया दिनुहोस