साथीलाई उद्धार गर्न गएका फर्किएनन्

Pahero44

बेनी । घरछेउको खोल्सामा बाढी र माख्लाको भीरबाट पहिरो खस्न थालेपछि बिहीबार राति १ बजे प्रकाश केसी छिमेकी परदेवी पुनकहाँ पुगे । केसीकी आमा ताजिमा र साथी सविन पुन भने घरमै सुतिरहेका थिए । पहिरोसँगै धार खोलामा बाढी आउन थालेपछि बिहान ५ बजेतिर आमा र साथीलाई उद्धार गर्न गएका केसी फर्किएनन् भनेर यो खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

‘मामा ९प्रकाश०ले राति १ बजे आएर हामीलाई उठाउनुभयो । बिहानै उपल्लो कल्लेनी जाने भनेर बसेका थियौं’, परदेवीले भनिन्, ‘बिहान ५ बजेतिर उज्यालो हुन लागेपछि खोला कत्रो आयो हेर्छु, सविन र आमालाई उठाएर ल्याउँछु भनेर २० पाइला अगाडि नबढ्दै आएको पहिरोले कहाँ पुर्‍यायो पत्तै भएन ।’

पहिरोमा भाग्ने क्रममा परदेवीको खुट्टामा चोट लागेको छ। उनका श्रीमानलाई पहिरोले हुत्याएर निगालोको झ्याङमा पुर्‍यायो र बाँचे। भागेर केही पर पुगेकी परदेवीलाई उनका छोरा प्रेम र साथी उमेशले पहिरोबाट निकाले । धवलागिरि गाउँपालिका–६ कल्लेनीका १८ वर्षीय केसीको शव शुक्रबार दिउँसो प्रहरी र स्थानीयले भेटाए पनि निकाल्दै गर्दा पहिरो आएपछि भागाभाग भयो। प्रकाशका भाइ निकेश भने दिदीको घरमा गएकाले जोगिए। पहिरोले परदेवी र ताजिमाको घर बगाएको छ ।

प्रतिकृया दिनुहोस