नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्याे

१२३२३२४७८७

काठमाडौं । थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा थप १०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

याे सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५३१ पुगेको गौतमले बताए । यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

यस सँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।

क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...