कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ५५० पुग्यो

Corona updet 31

काठमाडौँ । कर्णाली प्रदेशमा कोरोना संक्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ संक्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना संक्रमण हुने संख्या नियन्त्रण हुन सकेको छैन ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधवार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको परीक्षणमा सुर्खेतका १३, दैलेख र मुगुका दुईरदुई जनामा कोराना संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको परीक्षणमा दैलेखका तीन जनामा संक्रमण देखिएको छ ।

विभिन्न जिल्ला गरेर बुधवार २० नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५५० पुगेको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यद्यपि संक्रमित सबैको अवस्थामा भने सामान्य भएको महाशाखा प्रमुख डा तिवारीले बताए ।

त्यसैगरी कोरोना संक्रमण निको भएर घर फर्कने संख्या पनि कर्णालीमा दिनहुँ बढिरहेको उनले बताए । उनका अनुसार बुधवार चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेशन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना मुक्त भएका छन् । यो सँगै कर्णालीमा कोरोना निको भएर घर फर्कनेको संख्या एक हजार २९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...