काठमाडौँ उपत्यकामा २३ जना सहित कोरोना संक्रमित सख्या १६ हजार ४२३ पुग्यो

1590588492 frwvd

काठमाडौँ ।  नेपालमा कोरोना संक्रमित सख्या १६ हजार ४२३ पुगेको छ । बुधबार २५५ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको हो ।

त्यस्तै उपत्यकामा २३ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

बुधबार पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १०, ललितपुरका ७, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले् देशभरका क्वारेन्टाइनमा २५ हजार ४० जना रहेका छन्।




 


 
 

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...