कोरोना हावाबाट पनि सर्ने प्रमाण भेटिएको डब्ल्युएचओ स्वीकार, सतर्क रहन आग्रह

Who

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट कोरोना संक्रमण फैलिने विशेषज्ञहरुको तर्कलाई स्विकार गरेको छ । यसअघि वैज्ञानिकहरुको एक समुहले डब्ल्युएचओलाई खुल्ला पत्र लेख्दै आफ्ना दिशानिर्देशहरुमा संशोधन गर्न आग्रह गरेको थियो ।

यसअघि ३२ देशका २ सय ३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्वीकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको जनाएको हो ।

क्लिनिकल ईन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित एक खुल्ला पत्रमा विभिन्न ३२ मुलुकका २३९ जना वैज्ञानिकहरुले कोरोना भाइरसका बारेमा तर्क पेश गरेका थिए ।

उनीहरुले भनेका थिए, ‘कोरोना भाइरस, फ्लोटिङ भाइरस हो, जुन हावामा अडिन र बाँच्न सक्छ । यसका साथै सास फेर्दा मानव शरीरमा सजिलै प्रवेश गरी संक्रमण फैलाउँछ ।’

डब्ल्युएचओकी टेक्निकल डा. मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताएकी छन् । डब्ल्युएचओले खासगारी भीडभाडका ठाउँमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने अवस्थालाई अस्विकार गर्न नसकिने जनाएको छ ।

डा. मारियाले कोरोनाको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउँदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन् । यसअघि डब्ल्युएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...