१६ हजार नाघ्यो संक्रमितको संख्या, काठमाडौंमा मंगलबार २८ जनामा संक्रमण पुष्टि

Kathmandu 22

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा २ सय ४ जनामा कोरोना संक्रमण भएको जनाएका छन् । योसँगै आजसम्म देशैभर कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । देशैभर २४ घन्टामा २ सय ४ जनामा संक्रमण देखिएकोमा २८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

मंगलबार काठमाडौंमा १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जना, धुलिखेलमा गरिएको परीक्षणमा भक्तपुरका ४ जना, काठमाडौंका १२ जना, ललितपुरमा १० जना र शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा कोरोना देखिएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...