पाटन अस्पतालमा मृत्यु भएका गोरखाका तान्द्राङका युवामा कोरोना पुष्टि

Corona death 10

काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गोरखाको भीमसेनथापा गाउँपालिका–२, तान्द्राङका २६ वर्षीय युवामा कोरोनाको संक्रमण पुष्टि भएको हो । ती युवाको सोमबार उपचारका क्रममा मृत्यु भएको र कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।

उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गए राति मृत्यु भएको निर्देशक शर्माले बताए ।

घरमै झुण्डिएर आत्महत्या गर्न लागेको बेला परिवारले देखेपछि डोरी काटेर उपचारका लागि सुरुमा स्थानीय अस्पताल पुर्याएका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि स्थानीय अस्पतालले पाटन अस्पताल रिफर गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...